×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा सहकारी संस्थाद्वारा बस सेवा सञ्चालन, अध्यक्ष भन्छन् ‘नयाँ कार्यको थालनी गरेका हौँ’

PRIME CA

बागलुङमा सहकारी संस्थाद्वारा बस सेवा सञ्चालन, अध्यक्ष भन्छन् ‘नयाँ कार्यको थालनी गरेका हौँ’

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ । सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । 
संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिनुभयो । “बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौँ”,उहाँले भन्नुभयो, “आफ्ना शेयर सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।”
बागलुङ बजारदेखि बिहुँ सुल्डाँडा हुँदै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई रु ११० र अन्य यात्रुलाई रु १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । लालिगुराँस बहुउदेश्यीय सहकारीमा लेखानीका एक हजार १०० शेयर सदस्य र रु एक करोड ५८ लाख शेयरपू“जी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: