×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकले १७.१०% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकले १७.१०% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

Artha Sarokar

१९ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले १७.१०% बोनस सेयर दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको २३१औँ बैंठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १७.१०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९०% नगद लाभांश दिने घोषणा गरेको हो । 
बैंकले ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद (कर प्रयोजन) मा खर्च गर्नेछ । हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ८१ करोड ११ करोड २१ हजार रुपैयाँ पुग्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी