Skip to content
LAXMI SUNRISE BANK

‘सरकार व्यवसायिलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा छैन’ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायिलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको बताउनुभएको हो । उहाँले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य रोखकोले व्यवसायीहरुलाई नडराउन आग्रह गर्नुभयो । उहाँले भन्सार राजश्व मै केन्द्रीत भएर अर्थतन्त्र लामो समय सम्म चल्न नसक्ने बताउनुभयो । अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालिबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारीत राजश्व प्रणालिमा गईसकेको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफु नडराएको बताउनुभयो । उहाँले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्यजादर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताउनुभयो । उहाँले राजश्वमुखि भन्सार प्रणाली भयो भन्ने गुनासो आउने गरेको र त्यसलाई सुधार गर्न मुलुकभित्र लागनी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताउनुभयो । 
कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने र त्यसको आधारबाट औद्योगीकरणको प्रकृया अगाडि बढाउने र सरकारको आय भन्सारमा केन्द्रीत नभई आन्तरिक आयमा केन्द्रीत गराई मुलुकलाई सवल सुदृढ अर्थतन्त्र तर्फ लैजाने भएको समेत बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK