- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १२६.६३% ले बढाएर १ करोड १९ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्ष कम्पनीले ५२ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस अवधिमा जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ छ भने चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको खुद ब्याज आम्दानी २१.८१% ले बढेको छ । चैत मसान्त पुग्दा कम्पनी १ अर्ब ६९ करोड रुपैयाँ नोक्सानमा रहेको छ । यस्तै कम्पनीले १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।