×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ६२८.४५ प्रतिशतले वृद्धि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मञ्जुश्री फाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ६२८.४५ प्रतिशतले वृद्धि !

Artha Sarokar

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६२८.४५%ले बढेर १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस सस्ंथाले १ करोड ९६ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ५८.४९%ले बढेको छ । गत वर्ष १२ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको मन्जुश्रीले यो त्रैमासमा बढाएर १९ करोड ६९ लाख ६७ हजार पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि २ करोड ६४ लाख ९६ हजार रुपैयाँबाट बढाएर १० करोड १ लाख ३१ हजार पुगेको छ । कम्पनीको सञ्चालन नाफा २७७.९०% ले बढेको छ । 
यो दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी ८१ करोड ८१ लख ३१ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ छ । यता, कम्पनीको खराब कर्जा भने ३.४३% रहेको छ भने प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी