Skip to content
LAXMI SUNRISE BANK

बैंकको ४ करोड हिनामिना गर्ने दीपिकाविरुद्ध विशेष अदालतमा मुद्दा पर्यो, २० करोड बीगो भर्लिन ? कि जेलमै सड्लिन् ?

अर्थ सरोकार

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको रकम हिनामिना गरेको आरोपमा  आठ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले बैंकको न्युरोड शाखाको चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा शाखाका तत्कालिन कर्मचारी दीपिका रेग्मीसहित आठ जना विरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले २० करोड रुपैयाँ बीगो दाबीसहित बैंकका तत्कालिन कर्मचारी रेग्मी सहित प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले एक आपसमा मिलेमतो गरी बैंकको मुख्य शाखा कार्यालय, न्यूरोडबाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र बैंकलाई गैरकानूनी हानि नोक्सानी गर्ने गराउने योजना रहेको आयोगले जनाएको छ। 
यता अख्तियारका अनुसार उनीहरुले विभिन्न व्यक्तिहरूको नाममा प्राप्त भएका अकाउन्ट पेई चेकहरू इसिसीका माध्यमबाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरेको देखिएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK