काठमाडौं – पोखरा फाइनान्सले ७.२०% नगद लाभांस आफ्नो सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । उक्त लाभांश पुस ३ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा जम्मा गरिदिएको हो । सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीको भनाई छ ।
यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र लाभांश पाइनेछ ।