×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ३.५१ अंकले बढ्यो नेप्से, ८३ करोड ७० लाख माथिको कारोबार

PRIME CA

बिहिबार ३.५१ अंकले बढ्यो नेप्से, ८३ करोड ७० लाख माथिको कारोबार

२४ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोड ७० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सिभिल बैंकको प्रोमोटर सेयरको भएको छ । यस बैंकको कुल २० करोड १८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामिण विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको भएको छ ।

यस्तै, बुधबार व्यापार, विकास बैंक, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा समूह बढेको छन् भने बाँकी अरु सबै समुह घटेका छन् ।

त्यसैगरी सबैभन्दा धेरै स्वाभिमान लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रिलायन्स फाइनान्स र राष्ट्रिय वीमाकम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: