काठमाडौं – सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा कर्जा लगानी फोकस गर्ने भएको छ । त्यसका लागि बैंकले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
बैंकले मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उक्त संघसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरिप्रसाद आर्चाय र भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै बैंकले रोजगार सृजना गरि आर्थिक उन्नति चाहने उक्त जिल्लाका महिला उद्यमी तथा व्यवसायीलाई बीमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
साथै, बैंकले आगामी दिनमा यस्ता जानकारी मुलक कार्यक्रमलाई देशको अन्य भागमा रहेको सनराइज बैंकका शाखाहरुबाट समेत निरन्तरता दिने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्