×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँचीका बुद्धिरामलाई एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमावापत १५ लाख रुपैयाँ हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL

अर्घाखाँचीका बुद्धिरामलाई एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमावापत १५ लाख रुपैयाँ हस्तान्तरण

२ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले चमत्कारिक बचत खाता योजना अन्तर्गत अर्घाखाँचीका बुद्धिराम भुसाललाई १५ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले भुसाललाई बीमा रकम बापतको सो चेक हस्तान्तरण गरेको हो ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल बुद्धिराम भुसालूलाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुने बित्तिकै प्रदान उक्त रकम प्रदान गरिन्छ ।
बीमा वापतको १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् । बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी