काठमाडौं – बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ। समितिले रुपन्देहीको बेलहिया नाकामा होर्डिङबोर्ड राखेको हो ।
समितिले भारतीय कम्पनीमा बिमा गर्नु गैर कानुनी काम हो, यस्तो कार्यलाई रोक्नु पर्ने भन्दै समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको सहभागितामा उक्त होर्डिङबोर्ड राखिएको जनाएको छ । उक्त कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए।
समितिले होर्डिङबोर्डमा बिमा गर्दा ध्यान दिनुपर्ने उल्लेख गरेको छ । समितिले नेपाल भारत सीमा नाकामा नेपाली बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ।