×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्लाहीको बरहथवामा प्रभु बैंकको शाखा विस्तार, नगरपालिकाका प्रमुख देवानन्द महतोद्वारा उद्घाटन

PRIME CA

सर्लाहीको बरहथवामा प्रभु बैंकको शाखा विस्तार, नगरपालिकाका प्रमुख देवानन्द महतोद्वारा उद्घाटन

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

सर्लाही
काठमाडौं – प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।
नयाँ शाखासहित बैंकको शाखा संख्या २०० पुगेको छ । छ । यस बरहथवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: