×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकको हदैसम्मको लापरवाही, नेप्सेले गर्यो सेयर कारोबार रोक्का

PRIME CA

सप्तकोशी डेभलपमेन्ट बैंकको हदैसम्मको लापरवाही, नेप्सेले गर्यो सेयर कारोबार रोक्का

अर्थ सरोकार

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली २०७५ उल्लंघन गरेको भन्दै कारोबार रोक्का गरेको हो । 
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत कम्पनीहरुले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिनाभित्र वित्तीय विवरणसहितको प्रगति प्रतिवेदन पेश गर्नुपर्छ । तर, सप्तकोशी डेभलपमेन्ट बैंकले त्रैमासिक प्रतिवेदन पेश नगरेको हुनाले नेप्सेमा  सेयर कारोबारमा रोक लगाइएको हो । अब बैंकले असोज मसान्त सम्मको त्रैमासिक प्रतिवेदन पठाएपछि मात्र कारोबार खुला हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: