
दोलखा । दोलखाको चरिकोटस्थित सगरमाथा इन्स्योरेन्समा व्यवसायीहरुले भोटे ताल्चा लगाएका छन् । बिमा बापतको रकम समयमा भुक्तानी नगरेको, कम्पनीले सार्है सास्ती दिएको भन्दै व्यवसायीहरुले कम्पनीको सटरमा ताल्चा लगाएका हुन् । उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघले संयुक्त रुपमा इन्स्योरेन्स कम्पनीमा ताला लगाएका हुन् ।
‘बिमा गर्दा अनेक प्रलोभन देखाए । अहिले भुक्तानी नदिएर तालाबन्दी गर्न बाध्य बनाए ।’ निर्माण व्यवसायी संघ दोलखाका उपाध्यक्ष दावासांगे शेर्पाले अर्थ सरोकार डटकमसँग भने, ‘समयमा भुक्तानी नदिने कम्पनी के काम ? भुक्तानी नपाएसम्म ताला खोल्दैनौं ।’ ९८ लाख बराबरको बिमा गरेर उत्पन्न समस्याका कारण काम बिग्रीएपछि क्लेम गर्दा त्यसको एक हिस्सा पनि मुल्यांकन नगरेर सगरमाथाले ठाडै ठगी धन्दा सञ्चालन गरेकोसमेत उनको आरोप छ ।
यता दोलखा उद्योग वाणिज्य संघका महाँसचिब हेमराज रिमालले सगरमाथा इन्सुरेन्सबाट दोलखाका अधिकांस उद्योगी र निर्माण व्यवसायीहरु पिडित भएको बताएका छन् । ‘ कम्पनीले दोलखाबासीलाई हदैसम्म को दुख दिएको छ । भुकम्पमा भत्किएका चरिकोटका धेरै घरका धनीहरुलाईसमेत इन्स्योरेन्स कम्पनीले हदैसम्मको सास्ती दिलाएको छ । घर घरमा आएर बिमा गराउने तर बिमितको बिमा अपडेट नगरिदिने क्लेम गरेको रकम समयमा भुक्तानी नगर्ने , बिमाको शुल्कपनि आफुखुसी लिने जस्ता दर्जनौं लापरबाहीका कारण ताला लगाउन बाध्य भएका छौँ ।’ उनले भने ।
यता सगरमाथा इन्सुरेन्स कम्पनीका क्लेम डिपार्टका प्रमुख सुवास दिक्षितले कार्यालयमा ताला लगाएर समस्याको समाधान नहुने भन्दै बसेरै छलफल गर्न अनुरोध गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्