Skip to content
LAXMI SUNRISE BANK

कैलाश विकास बैंकले गर्यो सामान्य प्रगति, खुद नाफा ३.४०%ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार

काठमाडौँ – कैलाश विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको अधिकांश सूचकमा सामान्य प्रगति भएको छ । बैंकले यो त्रैमासमा खुद नाफा ३.४०%ले वृद्धि गरेर १७ करोड ५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा बैंकले खुद नाफा १६ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।
यस्तै, बैंकले ३८ करोड ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा बैंकले ३४ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। साथै, बैंकले २७ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेर २७ अर्ब २२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चुक्ता पूँजी दुई अर्ब ५२ करोड ६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८० करोड ५२ लाख रुपैयाँ, शेयरधनी कोषमा ६२ करोड ३२ लाख रुपैयाँ रहेको छ। बैंकको निष्कृय कर्जा अनुपात भने ०.३१ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैंया ६७ पैसा छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK