×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाको भद्रपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, सहायक प्रमुख जिल्ला अधिकारी निरौलाद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झापाको भद्रपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, सहायक प्रमुख जिल्ला अधिकारी निरौलाद्वारा उद्घाटन

१८ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी