- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १००.९५% ले नाफा बढाएर ५ करोड ८१ लाख रुपैयाँ कमाएको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले यस अवधिमा कम्पनीको खुद बिमा शुल्क पनि बढेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार ९४.३४% ले बढेर ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ७ करोड ५९ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा (वार्षिक) सानिमाको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा छ ।