×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेडका नवनियुक्त सीईओ कृष्णबहादुर अधिकारीद्वारा शपथ ग्रहण

PRIME CA

नेपाल बैंक लिमिटेडका नवनियुक्त सीईओ कृष्णबहादुर अधिकारीद्वारा शपथ ग्रहण

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सीईओ अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 
अधिकारीले त्रिविविबाट एमबीए र पूर्वान्चल विश्वविद्यालयबाट ईएमबीएको शैक्षिक योग्यता हासिल गरेका छन् ।नेपाल बैंकमा २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव सँगाली अधिकारी विगत ६ महिनायता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । अधिकारीलाई गत असोज ११ गते बैंक सञ्चालक समितिको बैठकले सीईओमा छनोट गर्ने निर्णय गरेको थियो । यो पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: