![](https://1.bp.blogspot.com/-lDZ-UNUcGoI/XYMfpP5fuSI/AAAAAAABRtk/58rcWoNHS74Qk2ZfX4UHvuJoSsd5AfkcACLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६०% लाभांश दिने घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति १३७औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को आषाढ मसान्तसम्म कायम चुक्ता पुँजीको ३८.६०% बोनस सेयर र २.०३% नगद लाभांश दिने निर्णय गरेको छ ।
संस्थाले ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ बराबरको बोनस सेयरका बोनसमा लाग्ने करका लागि १७ लाख ९३ हजार ३७६ रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ८ करोड २७ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://3.bp.blogspot.com/-rm8BcFFq3Sw/XYMdrDL5WEI/AAAAAAABRtU/bPzMQu8ZxO4nWjMIJXthc8qb4Ir3w_r1gCK4BGAYYCw/s1600/2.jpg)