×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा क्वेष्ट सोसेल क्लवका विधार्थीहरुलाई वित्तीय सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा क्वेष्ट सोसेल क्लवका विधार्थीहरुलाई वित्तीय सहयोग

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३, ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित क्वेष्ट इन्टरनेसनल कलेज अन्तगर्तको क्वेष्ट सोसेल क्लवका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ । 
बैंकको सहकार्यमा क्वेष्ट इन्टरनेसनल कलेज अन्तगर्तको क्वेष्ट सोसेल क्लवका विधार्थीहरुद्वारा  मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाखलाई आवश्यक समाग्री प्रदान गरेको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी