×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रीला डेभलपमेन्ट बैंकको गल्छी शाखाको उदाहरणीय काम, ‘हाजिरी जवाफ पनि… वित्तीय साक्षरता पनि’

PRIME CA

सांग्रीला डेभलपमेन्ट बैंकको गल्छी शाखाको उदाहरणीय काम, ‘हाजिरी जवाफ पनि… वित्तीय साक्षरता पनि’

२४ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – हाजिरीजवाफ कार्यक्रम, एउटा सामान्य कार्यक्रम । तर त्यहि कार्यक्रममार्फत वित्तीय साक्षरता अभियानमा एउटा ढुंगा थपिन्छ भने त्यो, सामान्य देखिने तर फरक काम पक्कै हो । यस्तै उदाहरणीय काम गरेको छ सांग्रीला डेभलोपमेन्ट बैंकको गल्छी शाखाले । 
भाद्र २० गते शुक्रबारका दिन सांग्रीला डेभलपमेन्ट बैंक गल्छी शाखा धादिङले बागेश्वरी माध्यमिक विद्यालय गल्छी ६ धादिङमा हाजुरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा गल्छी गाउंपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ प्रमुख अतिथि थिए भने विशेष अतिथिमा विद्वियालयका प्र.अ. बलराम खतिवडा ,लगायत विभिन्विन संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । बैंकले प्रतियोगितामा वित्तीय साक्षरतामा टेवा पुग्ने खालका प्रश्नहरु तयार गरेको थियो । 
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति श्रेष्ठले सांग्रीला डेभलपमेन्ट बैंकको प्रशंसासमेत गर्नुभएको थियो। बैंकको निकै राम्रो सेवाका कारण आफुले पनि सोहि बैंकमा कारोबार गरिरहेको उनको भनाइ थियो । यता शाखाप्रमुख गौरब काफ्लेले सांग्रीला डेभलपमेन्ट बैंक नाफा मात्रै होइन समुदायको हरेक आवश्यकतामा सहयोगीको भूमिकामा समेत रहेको दावी गरे । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखा कार्यलयहरु मार्फत बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: