×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौको पहिलो साता कुन बैंकको एक्स्टेन्सन काउण्टर कहाँ पुग्यो ? (विवरणसहित)

PRIME CA

भदौको पहिलो साता कुन बैंकको एक्स्टेन्सन काउण्टर कहाँ पुग्यो ? (विवरणसहित)

अर्थ सरोकार

६ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – बैंकिंग सेवा प्रदान गर्ने उदेश्यले भदौको पहिलो साता ३ बाट बैंकले बिभिना स्थानमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएका छन्।
प्रभु बैंकले झापा जिल्लाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ १ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईरालाले एक समारोहका बीच उद्घाटन गरेका हुन् । त्यसैगरी ईलामस्थित मालपोत कार्यालय परिसरमा भदौ ०४ गते ईलाम मालपोत कार्यालय प्रमुख केशबकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
भिमदत्तएनआईसी एशिया बैंक कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको आइतबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: