काठमाडौं – गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५३२.३५% ले वृद्धि गरेर ७ करोड १० लाख १३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यहि अवधिमा कम्पनीले १ करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १७.९६% र ११३८.२९ ले बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी २४ करोड ७१ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा ८८ लाख ९६ हजार रुपैयाँबाट बढेर ११ करोड १ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीले ६ अर्व ८३ करोड निक्षेप संकलन गरी ५ करोड १३ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको रिजर्भ फन्ड ४६.५६%ले बढेर ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खराब कर्जा ४.६% मा झरेको छ । ब्याज आम्दानी र सञ्चालनमा वृद्धि हुनु अनि खराब कर्जामा समेत सुधार आउँदा कम्पनीको नाफामा सकारात्मक प्रभाव देखिएको हो । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४३ पैसा रहेको विवरण उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्