×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको खुद नाफा १५.४६%ले वृद्धि, कति पुग्यो प्रति सेयर आम्दानी ?

PRIME CA

शिखर इन्स्योरेन्सको खुद नाफा १५.४६%ले वृद्धि, कति पुग्यो प्रति सेयर आम्दानी ?

अर्थ सरोकार

४ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा १५.४६%ले वृद्धि गरेर ४७ करोड २९ लाख ८० हजार पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले खुद नाफा ३९ करोड ९२ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क आर्जन भने केही कमी आएको छ । कम्पनीको खुद बिमा शुल्क १.८०% ले घटेर १ अर्ब ५६ करोड ३३ लाख ९८ हजार कायम भएको छ । अघिल्लो वर्ष शिखरले १ अर्ब ५९ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीले  १ अर्ब ११ करोड ४० लाख १४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ८१ करोड १६ लाख ६१ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीको बिमा कोषको आकार पनि २७.५७% बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोष ११५%ले बढेर ४५ करोड ७० लाख ८६ हजार रुपैयाँ छ । अघिल्लो वर्ष जगेडा कोषमा २१ करोड २५ लाख ९७ हजार रुपैयाँ मात्र थियो । 
कम्पनीले प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९१ पैसा बढाएर ४४ रुपैयाँ ७३ पैसा पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ८२ पैसा तियो । शिखरको प्रतिसेयर नेटवर्थ भने २५०रुपैयाँ १७ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: