काठमाडौँ – मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको छ ।
भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ ।
७६ पुरस्कारहरु मध्ये २५ जनालाई ब्लूटुक स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ ईञ्चको टीभी(स्मार्ट एचडी), ५ जनालाई २ सय लिटरको फ्रिज, ३जनालाई ल्यापटप, १ जनालाई स्कुटी वितरण गरिनेछ ।
भाग्यशाली विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) बाट मंसिर १५ गते आईतबार ३ बजे विकास बैैंकको फेसबुक पेज मार्फत लाइफ गरिने जनाइएको छ । बैंकले अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्