×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ रेमिटले सञ्चालनमा ल्यायो ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’

PRIME CA

मुक्तिनाथ रेमिटले सञ्चालनमा ल्यायो ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’

२ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको छ ।
भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ ।
७६ पुरस्कारहरु मध्ये २५ जनालाई ब्लूटुक स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ ईञ्चको टीभी(स्मार्ट एचडी), ५ जनालाई २ सय लिटरको फ्रिज, ३जनालाई ल्यापटप, १ जनालाई स्कुटी वितरण गरिनेछ ।
भाग्यशाली विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) बाट मंसिर १५ गते आईतबार ३ बजे विकास बैैंकको फेसबुक पेज मार्फत लाइफ गरिने जनाइएको छ । बैंकले अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: