×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ बराबरको अन्तरिक ऋण उठाउँदै सरकार

PRIME CA

नेपाल राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ बराबरको अन्तरिक ऋण उठाउँदै सरकार

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ६ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८४ (च)’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । सो विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत् मंगलबार अपराह्न ३ बजे हुनेछ । ब्याजदर भुक्तानी भने अर्ध बार्षिक रुपमा हुने र आर्जित ब्याजदरमा ब्याजकर लाग्ने बाताइएको छ ।
उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर/बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । उक्त ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ । राष्ट्र बैंकले सरकारका निम्ति आन्तरिक ऋण उठाइदिने क्रममा विकास ऋणपत्र जारी गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: