
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको बिकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड महालक्ष्मी बिकास बैंकलाई प्रदान गरेको छ । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये बिकास बैंकतर्फ सर्वोत्कृष्ट महालक्ष्मी हुँदा फर्ष्ट रनरअप फर्ष्ट माइक्रोफाइनान्सले पाएको छ । यस्तै वाणिज्य बैंकतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड एनआइसी एशिया बैंकले पाउँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् ।

एनएफआरएस कार्वनयनमा अब्बल रहेको पाईएपछि महालक्ष्मीले उक्त अवार्ड हात पारेको हो । आज होटल र्याडिसनमा भएको एक भव्य कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैंकका सीइओले उक्त अवार्ड थापेका हुन् । यस्तै उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्