×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा पृथ्वीचन्द्र अस्पताललाई मेसिनरी सामाग्री हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्वारा पृथ्वीचन्द्र अस्पताललाई मेसिनरी सामाग्री हस्तान्तरण

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – महालक्ष्मी विकास बैंक लि. परासी शाखाले असार ३१ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीलाई मेसिनरी सामाग्री हस्तान्तरण गरेको छ । बैंकले अस्पताललाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरी दिएको हो । 
बैंकको उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी