
काठमाडौँ – प्रभु बैंक लिमिटेडले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा १८८औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गरे।
बैंकको चापागाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै प्रभु बैंकलाई सफलता शुभकामना दिए । बैंकको चापागाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्