×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुन: कागजी युगमा सेयर कारोबार, विधिका नाममा ‘वाइयात’ नियम आउँदा घाटामा पनि लाभकर तिर्नुपर्ने स्थिति !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पुन: कागजी युगमा सेयर कारोबार, विधिका नाममा ‘वाइयात’ नियम आउँदा घाटामा पनि लाभकर तिर्नुपर्ने स्थिति !

Artha Sarokar

३ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – के तपाईले बिना रेकर्ड सेयर खरिद गर्दैहुनुहुन्छ ? यदि गर्दैहुनुहुन्छ भने आफुले सेयर खरिद गरेकोे रेकर्ड राख्नुहोस् । किनकी अव नेपालको सेयर कारोबार पुन: कागजी युगमा फर्किएको छ । अनलाइन ट्रेडिङको नयाँ जमानामा यस्तो झन्झटिलो र ‘वाईयात’ नियम आएसँगै सेयर किनेको रेकर्ड नराखे तपाईले घाटा हुँदापनि लाभकर तिर्नुपर्ने अवस्था आउने भएको छ । पूँजीगत लाभकरको नयाँ गणना विधि आएसँगै यस्तो समस्या देखिएको हो । यसो त यो विधि आएसँगै पूँजीगत लाभकरको नयाँ गणना कार्यन्वयनमा कठिनाई देखा परेको छ ।

सेयर ब्रोकर एसोसिएसनले लगानीकर्तालाई आफ्नो सेयरको लागत गणना गरेर विवरण बुझाउन आग्रह गरिसकेको छ । शेयर बिक्रि गरेको भोलीपल्ट आफु स्वयं नै ब्रोकर कार्यालयमा उपस्थिति भएर भारित औसत गणना फाराम भरी सहिछाप गरेर बुझाउन आग्रह गारिएको हो । लगानीकर्ताले शेयर खरिद गरेको प्रमाण खुल्ने कागजात समेत पेश गर्नुपर्ने भएकाले यो विधि झन्झटिलो विधिका रुपमा अगाडी आएको छ । यसो त इन्भेष्टर्स फोरम लगायतले बिज्ञप्ति नै जारी गरेर यस्तो विधिको विरोध गरिसकेका छन् । यद्यपी फोरममा गतिलो नेतृत्व नभएकाले फोरमको पहलले सार्थकता पाउला वा नपाउला भन्न सकिने अवस्था छैन । यद्यपी अन्य संघहरु सरकारसँग नजिक भएकाले केहि पहल गर्लान् भन्ने आशा भने जीवित नै छ ।    

लगानीकर्ताले शेयर खरिद गरेको प्रमाण समेत सुरक्षित राख्नुपर्ने र शेयर खरिद गरेको मूल्य र मिति सम्झनुपर्ने भएको छ । ब्रोकर एशोसियसनका अनुसार लगानीकर्ताले प्रमाण जुटाउन नसकेमा भारित औषत लागत गणना गर्दा अंकित मूल्यलाई आधार मानिने जनाएको छ । सरकारले आर्थिक विधेयक २०७६ मार्फत आयकर ऐन, २०५८ को दफा ९५ (क) को संसोधन मार्फत “उपदफा (२) को खण्ड (२क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औषत लागतको आधारमा गणना गर्नुपर्नेछ” भन्ने व्यवस्था उल्लेख गरेको छ । यो व्यवस्थाले आफुहरुलाई समस्या परेको लगानीकर्ताको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी