- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यातायात व्यवस्था कार्यालय भोलि बुधबारदेखि खुल्ने भएको छ । काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठले निषेधाज्ञालाई खुकुल बनाएसंगै यातायात व्यवस्था कार्यालय पनि खुल्न लागेको हो ।
कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन तथा स्मार्ट लाइसेन्ससम्बन्धि काम सुचारु हुने बताइएको छ ।