×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्सको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी

PRIME CA

ज्योति लाईफ इन्स्योरेन्सको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी

२७ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्सको बीमालेख नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स्का ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवा प्रदान गर्ने व्यवस्था ल्याएको हो ।
काम तथा सेवालाई प्रविधि मैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो । जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाबाट शुरु गरेको छ ।
कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ज्योति लाईफ इन्स्योरेन्स्ले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: