काठमाडौं – देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा संचालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गले गरेका हुन् ।
कार्यक्रममा मन्तब्य राख्दै गरुङ्ले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता सहनु पर्ने उनले बताए ।
कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले बैंक लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र प्रदेश ३ मा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी गराए । कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष, अरुण विनीत भण्डारीले देवः विकास बैंक, भरतपुर शाखाबाट प्रदान गरीने उत्कृष्ट सेवाबाट वडावासी लाभान्वित हुने मात्र नभई वडा क्षेत्रको आर्थिक कारोवारलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष सहनलाल प्रधान चितवन जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढेसँगै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न व्याजदरमा ध्यान दिन सुझाव दिए । यसैगरी चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले शुभकामना मन्तव्य उद्योगी व्यवसायी र बैंकबीच हातेमालो गर्नु पर्नेमा जोड दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्