×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एमआरए’का नाममा विभेदपूर्ण सम्झौता हुँदै, भारतीय नागरिकले नेपालमा अडिट गर्न पाउने, नेपालीले भारतमा नपाउने

PRIME CA

‘एमआरए’का नाममा विभेदपूर्ण सम्झौता हुँदै, भारतीय नागरिकले नेपालमा अडिट गर्न पाउने, नेपालीले भारतमा नपाउने

८ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र दी इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ)बीच एमआरए हुने भएको छ । जसका लागि भारतको सिए डे अर्थात १ जुलाईको मिति तय भएको छ । आइक्यान अन्तर्गत एमआरए कमिटिका अध्यक्ष सिए सुवोध कर्णले दिएको जानकारी अनुसार एमआरएका लागि सम्पूर्ण प्रक्रियागत कामहरु सकिएको छ भने १ जुलाईका दिन हस्ताक्षर हुने गरी मिति तोकिएको छ ।
के छ एमआरएमा ?
आइक्यान र आइसीएआइबीच हुन लागेको एमआरएमा आइक्यानका सिएहरुले भारतमा भारतीय कानुन र भारतीय कर विषयको परिक्षा दिएपछि आइसीएआइको सदस्य हुन पाउने सहमति छ । यस्तै भारतबाट सिए उतिर्णहरुले पनि नेपालमा नपाली कानुन र नेपाली करको परिक्षा दिएपछि आइक्यानको सदस्य हुन पाउनेछन् । आइक्यानले पनि आइसीएआइको आर्टिकलशिपलाई पूर्ण रुपमा मान्यता दिनेछ भने भारतले पनि नेपालको आर्टिकलशिपलाई मान्यता दिएर दुइ विषयको परिक्षा दिएपछि आइसीएआइको सदस्यता दिनेछ । योसँगै आइक्यानले ल्याएको ‘एक बर्षे आर्टिकलशिप’को नीति पनि खारेज हुने भएको छ । 
तर एमआरएमा उल्लेख भएको सहमति अनुसार नेपाली सिएले भने भारतको सीओपी लिने पाउने छैनन् । भारतबाट सिए उतिर्ण गरेकाले भने नेपालको ल र ट्याक्स विषयको परिक्षा दिएपछि सदस्य भएसँगै सीओपी लिन पाउनेछन् । एमआरए अनुसार अव कुनै पनि भारतीय नागरिक सिएले नेपाली नागरिक सिएको ५१ प्रतिशत शेयर भएको फर्ममा पार्टनरशिप गर्न पाउनेछ । तर नेपालको सिएले भारतमा सिए फर्म खोल्न पाउने छैनन् । 
एमआरए विभेदपूर्ण भयो : आइक्यानका सिए
यता आइक्यानका सिएहरुले भने यो एमआरए निकै विभेदपूर्ण भएको टिप्पणी गरेका छन् । ‘एक बर्षे आर्टिकलशिप उल्टीने र नेपाली सिएहरुलाई कमजोर देखाउने बाहेक यो एमआरएको कुनै पनि औचित्य देखिएन । नेपाल बोर्डबाट क्वालिफाईड एक सिएले भने, ‘एक बर्षे आर्टिकलशिप उल्टाउन लागेका केहि सिएका झुण्डहरु मिलेर यस्तो विभेदपूर्ण सम्झौता गर्ने भए । सीओपी नपाउने भए एमआरए के का लागि ? प्राक्टिस गर्न नपाए हामी भारतीय बोर्डको सदस्य किन हुने ?’ उनले आक्रोश पोखे । यस्तो विभेदपूर्ण सम्झौता गरेर नियोजित रुपमा आइक्यानका सिएहरुलाई कमजोर सावित गर्न खोजिएको आरोपसमेत उनले लगाए । ‘एक बर्षे आर्टिकलशिप उल्टाउन मिडियामा लाखौँ रुपैयाँ खर्च गर्ने काम भयो । भारतमा पढिरहेका विद्यार्थीहरुलाई उचाल्ने काम पनि भयो । उनीहरुको मिसन सफल भयो । आइक्यानका सिएहरु भारतीय बोर्डबाट पास गरेकाहरुका अगाडी लिखित रुपमै कमजोर प्रमाणित हुने भए ।’
बर्षौंदेखिको समस्या समाधान भयो : एमआरए कमिटिका अध्यक्ष सुबोध कर्ण 
यता आइक्यानका पूर्व अध्यक्षसमेत रहेका सिए सुबोध कर्णले यो सम्झौतासँगै बर्षौंदेखि देखिंदै आएको आइक्यान-आइसीएआइको विवाद टुंगिने बताएका छन् । ‘नेपालको आर्टिकलशिपलाई पनि आइसीएआइले मान्यता दिनेछ । आइक्यानले पनि आइसीएआइको आर्टिकलशिपलाइ मान्यता दिनेछ । यो एक बर्षको रि-आर्टिकलशिपको विवाद पनि सकिनेछ । किनकि अव यो रिआर्टिकलशिप भन्ने नै खारेज हुनेछ । आइक्यानका प्रोडक्टले पनि आइसीएआइको सदस्य अव दुइ पेपरको परिक्षा दिएर हुन पाउनेछन् ।’ सिए कर्णले अर्थ सरोकारसँग भने । 
‘अनि उताका (भारतीय बोर्डबाट सिए उतिर्ण)ले नेपालमा सीओपी पाउने यताकाले भारतमा प्राक्टिस गर्न नपाउने नीति विभेदपूर्ण भएन र ?’ भन्ने हाम्रो प्रश्नमा सुबोध कर्णले भने, ‘आइसीएआइको ऐनअनुसार सीओपी लिने नागरिक भारतीय हुनुपर्छ । नेपालीले पाउने भनेको भारतको आधार कार्डका आधारमा हो । त्यसैले आइक्यानबाट सिए उतिर्ण हुनेले आइसीएआइबाट सीओपी नपाउने भएका हुन् । तर आइक्यान ऐनले भारतीय सिएहरुलाइ पनि नेपालमा प्राक्टिस गर्ने बाटो खोलेको हुनाले उनीहरुलेचाहिं यताको सीओपी पाए । तर भारतीय नागरिकले नेपालमा प्राक्टिस गर्न नेपालीको ५१ प्रतिशत भन्दा बढी सेयर भएको फर्ममा मात्र प्राक्टिस गर्न पाउँछ । आइसीएआइबाट पास भएर नेपालको सदस्यता लिनलाई कुनै समस्या छैन । मात्र दुइ पेपरको परिक्षा पास गर्नुपर्छ ।’ उनले भने । उनकै कुरा मान्ने हो भने पनि ‘आइक्यानबाट सिए उतिर्णले भारतको आधार कार्ड लिएर उताको सीओपी लिन पाउने कि नपाउने ?’ भन्ने विषयमा भने एमआरएमा केहि उल्लेख छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: