×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहाको जिरोमाइलमा एनआईसी एशिया बैंकको ३२औं शाखारहित बैंकिङ सेवा सञ्चालन

PRIME CA

सिरहाको जिरोमाइलमा एनआईसी एशिया बैंकको ३२औं शाखारहित बैंकिङ सेवा सञ्चालन

२ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

सिरहा

काठमाडौँ – एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट सञ्चालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उुद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: