
सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना हुने भएको छ ।सेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।
साथै अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले पूँजी बजारका लागि विभिन्न योजना सार्वजनिक गरेका छन् । ७ बुँदामा हेर्नुहोस्
१. ‘धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने छ ।’
२. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधार गरिने छ। गैर आवासिय नेपालीले दोस्रो बजार बाट पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने छ ।
३. ‘कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, निक्षेप तथा सुरक्षण कोषको वित्तीय विवरण एकिकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने भएको छ ।’
४. ‘सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने उल्लेख छ ।’
५. ‘सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिनेभएको छ ।’
६. गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्ने बाटो खुलेको छ । लामो समयदेखि उठ्दै आएको गैरआवासीय नेपालीलाई धितोपत्र कारोबार गर्न दिने नदिने विषय टुंगिएसँगै पूँजी बजारमा यसले सकारात्मक असर पार्ने बुझिएको छ । आगामी वर्षको बजेटमा गैरआवासीय नेपालीलाई पनि धितोपत्र कारोबार खुला गरिएको छ।
७. सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना हुने भएको छ ।सेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्