×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तको खुद नाफा ७९.५२% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

छिमेक लघुवित्तको खुद नाफा ७९.५२% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

Artha Sarokar

१७ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलना ७९.५२% ले वृद्धि गरी ६४ करोड ३० लाख २३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ३५ करोड ८१ लाख ९० हजार मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, छिमेकको खुद ब्याज आम्दानी ३५.५९% ले बढोत्तरी गरी १ अर्ब २३ करोड २७ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी  ९० करोड ९१ लाख ५५ हजार रुपैयाँ रहेको छ। यता, सञ्चालन नाफा पनि ७४.१४% ले वृद्धि भएको छ। सञ्चालन नाफा पनि ५५ करोड ८७ लाख ३८ हजार रुपैयाँबाट वृद्धि गरी ९७ करोड २९ लाख ९९ हजार रुपैयाँ पुर्याउन सफल भएको देखिन्छ । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाले १३ अर्ब ९० करोड ९८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८१ करोड १४ लाख ८ हजार रुपैयाँ छ । 
बैंकको खराब कर्जा भने ०.१०% बाट बढेर ०.२६% पुगेको छ । प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा रहेको छिमेकको प्रतिसेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी