
- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौं । चर्चित नायीका एवं सामाजिक अभियान्ता रेखा थापाले एनसेललाई कर नतिरेसम्म बहिष्कार गर्नुपर्ने बताएकी छिन् । आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा ‘नो ट्याक्स नो एनसेल’ अभियानका बिषयमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन् । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरेका छन् । उहाँले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरुले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको पनि स्पष्ट पारे ।
एनसेलले हाल करिव ४० अरव पूँजीगत लाभकर असुली गर्न बाँकि छ । तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् । उनीहरुले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दवाव दिँदै आएका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्