
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अप्रिल १९ तारिख शुक्रबारका दिन नेपाल टेलिभिजनबाट प्रशारण हुने मिडिया हबको उत्पादन रहेको हास्य टेलिसृंखला ‘भद्रगोल’मा नेपाल बंगलादेश बैंकलाई डामाडोल बिकास बैंक भनी प्रचार गर्दा बैंकको ब्राण्डमा दखल परेकोबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि अन्तत: मिडिया हबले माफी माग्दै उक्त भिडियो रि-अपलोड गरेको छ । मिडिया हबले कतिपय ठाउँमा ढंग नपुर्याउंदा नेपाल बंगलादेश बैंकको बेइज्जत भएको खबर अर्थ सरोकार डटकमले प्रकाशन गरेपछि बैंकले यस विषयमा आफ्नो बैंकको मिडिया मेनेजमेन्ट हेरिरहेको कारोबार मिडिया र मिडिया हबसँग मौखिक स्पष्टीकरण सोधेको थियो । अन्तत: मिडिया हबले आफ्नो गल्ती भएको स्वीकार्दै उक्त सिरियल रिअपलोड गरेको छ ।
‘हामीले बैंकलो लोगो ब्लर गरेर भिडियो रिअपलोड गरेका छौँ ।’ मिडिया हबका सञ्चालक सोम धितालले अर्थ सरोकार डटकमसँग भने, ‘हाम्रो नियत गलत थिएन । तर पनि विषय उठेपछि हामीले लोगो ब्लर गरेर रिअपलोड गरेका छौँ ।’
अघिल्लो भाग झन्डै १५ लाखले हेरिसकेका थिए । जसमा एउटा ‘इन्सर्ट’मा डामाडोल बिकास बैंक देखाएर थुप्रै ठाउँमा प्रष्टसँग नेपाल बंगलादेश बैंकको लोगो प्रयोग भएको थियो। यसले घुमाउरो पाराले नेपाल बंगलादेश बैंकलाई डामाडोल बैंक, सिष्टम नभएको बैंक, किर्ते हस्ताक्षर चल्ने बैंक, वा दिउँसो भएको कारोबारको मेसेज बेलुका आउने बैंकको रुपमा प्रस्तुत गरिएको थियो । झन्डै २००० बढीले कमेन्ट गरेको उक्तभिडियो मा कतिपयले नेपाल बंगलादेश बैंकलाई नै घुमाउरो पाराले व्यंग्यसमेत गरेका थिए ।
यो पनि पढ्नुहोस् :
Third Angle : कमेडीका नाममा बैंककै ब्राण्डमाथि दखल, एनबी बैंकलाई ‘भद्रगोल’ले बनायो ‘डामाडोल बिकाश बैंक’




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्