×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानिकर्तालाई लकडाउन फाप्यो, नेप्सेमा २५.८२ अंकको बढोत्तरी

PRIME CA

लगानिकर्तालाई लकडाउन फाप्यो, नेप्सेमा २५.८२ अंकको बढोत्तरी

१६ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से सूचक २५.८२ अंकले बढेर २६११.१० विन्दुमा अडिएको छ । २१७ कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २ सय ४९ रुपैयाँ सेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.८४ प्रतिशत बढेर ४६९.०२ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये ११ उपसमूहका सूचकहरु बढेर बन्द भएका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.२१ प्रतिशत बढेको छ । ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ । खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पाटर्नर परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: