×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावरले जेठ २० मा बोलायो साधारण सभा, सञ्चालक भट्टराईले दिए राजीनामा

PRIME CA

युनिभर्सल पावरले जेठ २० मा बोलायो साधारण सभा, सञ्चालक भट्टराईले दिए राजीनामा

१७ चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौै – युनिभर्सल पावर कम्पनीले जेठ २० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा आगामी जेठ २० गते गर्ने निर्णय गरेको हो । त्यसका साथै बैठकले कम्पनीका सञ्चालक पुष्पेन्द्र भट्टराईले दिएको राजीनामा पनि जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने, कम्पनी सचिव परिवर्तन गरी देव बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
युनिभर्सलले ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री गरेका थियो । आइपीओ बिक्री गरी चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । हेर्नुहोस् नेपाल स्टक एक्सचेन्जलाई कम्पनीले घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: