
- अर्थ सरोकार सम्बाददाता
नवलपरासी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नबलपरासीका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बाणिज्य बैंकको बर्दघाट-सुस्ता पश्चिममा कार्यरत कनिष्ट सहायक अन्चल सुनारले सेवाग्राहीलाई दिने ऋणमा घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन् । बुटवलबाट गएको अख्तियारको टोलीले उनलाई रकमसहित पक्राउ गरेको हो ।
स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको बुटवलबाट गएको टोलीले निज सुनारलाई १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्