
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- यसै पनि सस्तोमा प्रतियोगीहरुलाई विदा गर्ने नियत बोकेको भन्दै विवादित बनिरहेको टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ गम्भीर विवादमा फसेको छ । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको ‘को बन्छ करोडपति’ कार्यक्रमको पहिलो सिजनको १८ औं भागमा सोधिएको एक प्रश्नको उत्तरलाई लिएर दर्शकहरुले आयोजकको नियतमाथि नै प्रश्न गरेका छन् ।

कार्यक्रममा गोर्खा घर भई हाल स्वयम्भू बस्दै आईरहेका ५९ वर्षीय शंकर अर्याललाई ८० हजार रुपैयाँका लागि सोधिएको आठौं प्रश्नमा कार्यक्रम सञ्चालक राजेश हमालले प्रश्न गरे,’गायत्री मन्त्र कुन पुस्तकबाट लिइएको हो ?’ अप्सनहरु थिए, ‘ऋग्वेद, सामवेद, ‘यजुर्वेद, अथर्ववेद।’ खेल खेलिरहेका अर्याल संस्कृतमा स्नातकोत्तर गरेका छन् । उनले ढुक्कसंग उत्तर दिए ‘यजुर्वेद’ । तर राजेश हमालले उत्तर गलत भएको बताए र ८० हजारबाट तल झरेर अर्यालले रु १०,००० मात्रै जितेको बताइएको । त्यसपछि सुरु भयो टिकाटिप्पणी ।


खास उत्तर के हो त ?
संस्कृतविद्हरुका अनुसार गायत्री मन्त्र ३ वटै वेदमा उल्लेख भएको पाईन्छ । र पूर्ण रुपमा गायत्री मन्त्र भने अर्यालले भने अनुसार यजुर्वेदमै उल्लेख छ । त्यसैले उनको उत्तर गलत भन्ने ठाउँ थिएन । तर उत्तरमा समानान्तर विकल्पहरु राखेर यजुर्वेदलाई गलत भनियो । त्यसपछि सामाजिक संजालमा कार्यक्रमको चर्को आलोचना भएको छ ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्