×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकको ‘ठगी प्रकरण’मा प्रधानमन्त्री कार्यालयको निर्देशन, ‘आवश्यक कारवाही गरी जानकारी गराउनू’

PRIME CA

जनता बैंकको ‘ठगी प्रकरण’मा प्रधानमन्त्री कार्यालयको निर्देशन, ‘आवश्यक कारवाही गरी जानकारी गराउनू’

१ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैंक छोडेका कर्मचारीहरुबाट नियम विपरित रकम असुलेर कर्मचारी रुवाउने र नेपाल राष्ट्र बैंकका अगाडी दादागिरी देखाउने जनता बैंकको रबैयाको फाइल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसम्म पुगेको छ । जनता बैंकले बैंक छोड्दा कर्मचारीबाट मोटो रकम असुल गरेको, रकम असुल नगरी रिलिज लेटर नदिएको, नेपाल राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाईमा गुनासो गर्दासमेत कुनै सुनुवाईको पहल नगरेको लगायतका विवरण र जनता बैंकले गैरकानुनी रुपमा कर्मचारीहरुबाट रकम असुल उपर गरेको प्रमाणसहित प्रधानमन्त्री कार्यालयमा यो प्रकरण पुगेको हो ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार सीता ढकाल र सुर्य बहादुर बस्नेतले यो प्रकरण प्रधानमन्त्री कार्लायमा प्रक्रियामा अगाडी बढाएका थिए भने अर्थ मन्त्रालयका शाखा अधिकृत श्याम प्रसाद आचार्यलाई फरवार्ड गरेको थियो । यो प्रकरण राष्ट्रिय सतर्कता केन्द्रका डालनाथ अर्यालसमक्ष पनि पुर्याईएको छ । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकमा समेत परिपत्र गरी यो प्रकरणमा के कसो भएको हो बुझी, आवश्यक कारवाही गरी सो को जानकारी प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा जानकारी गराउन भनिएको छ ।
भएको के हो ? 
जनता बैंक नेपाल लिमिटेडले बैंकबाट जागिर छोडेकाहरुबाट चर्को रकम असुली गरेको प्रमाण फेला परेको हो । यस विषयमा अर्थ सरोकार डटकमले पटक पटक प्रमाणसहित समाचार प्रकाशन गरेपछि यो प्रकरण प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसम्म पुगेको थियो । आफूकहाँ उजुरी आइसकेपछी कार्यालयले सम्बन्धि निकायहरुमा यस विषयमा परिपत्र गरिसकेको छ । तर नेपाल राष्ट्र बैंकले पनि सानालाई पेल्ने र ठुलालाई केहि नगर्ने प्रवृतिका कारण यो प्रकरण सेलाउने डर पनि उस्तै छ । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरासमेत जनता बैंकमै काम गर्ने भएकाले पनि यो प्रकरणमा जनतालाई कारवाही नहुने शंका धेरैले गरेका छन् ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: