Skip to content
LAXMI SUNRISE BANK

भीम रावलको प्रश्न, ‘सरकारी बैंकलाई सिंहदरबार भित्र आउन अनुमति किन नदिएको ?’ खतिवडाको उत्तर,’दिइसकियो’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुको सेवा र सुविधा समेतको कारोबार हुनेगरी सिंहदरबारभित्रै नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकको शाखा खोल्ने अनुमति सरकारले दिइसकेको जानकारी गराएका छन् । बुधबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले उपयुक्त ठाउँको खोजी भईरहेकाले सिंहदरबार भित्र सरकारी बैंक स्थापना गर्ने कार्यमा ढिलाई हुन गएको पनि स्पष्ट पारे ।
बैठकमा सांसद भिम रावलले सरकारी बैंकलाई सिंहदरबार भित्र स्थापनाका लागि अनुमति किन नदिएको ? भनि जिज्ञासा राखेका थिए । मन्त्री खतिवडाले सरकारी बैंकलाई सिंहदरबारमा शाखा विस्तारका लागि ठाउँ नदिएको भन्ने भनाई सत्य नभएको स्पष्टिकरण दिए ।उनले विदेशीसँगको लगानीमा संचालित बैंकहरु पनि नेपाल सरकारकै स्वामित्वमा रहेकाले त्यसमा आपत्ति जनाईरहन नपर्ने पनि स्पष्ट पार्नु भयो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK