×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको २ नयाँ शाखा बारवर्दिया र मधुवनमा

PRIME CA

देवः विकास बैंकको २ नयाँ शाखा बारवर्दिया र मधुवनमा

अर्थ सरोकार

२६ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – देवः विकास बैंक लि.ले बारवर्दिया नगरपालिकाको वडा नं ६ मा मगरागढी शाखा कार्यालय शुरु गरेको छ । बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले शाखा कार्यालय उद्घाटन गरे ।
बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
यसैबीच, मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्रीमा ताराताल शाखा उद्घाटन भएको छ । फागनु २३ गते एक समारोहमा मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले शाखा उद्घाटन गरे । उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका लागि बिस्तार गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: