×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालको लोभलाग्दो प्रगति, खुद नाफा १०९.६०% ले वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युनिलिभर नेपालको लोभलाग्दो प्रगति, खुद नाफा १०९.६०% ले वृद्धि

Artha Sarokar

१५ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – युनिलिभर नेपालले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १०९.६०% ले वृद्धि गरि ३२ करोड ७ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको उत्पादन बिक्री २१.६६% ले वृद्धि भएको छ ।  बढेर  पुगेको छ । गत वर्ष १ अर्ब २ करोड ११ लाख रुपैयाँको उत्पादन बिक्री भएको कम्पनीमा यो दोस्रो त्रैमासमा बढेर १ अर्ब २४ करोड २३ लाख रुपैयाँ  पुगेको छ  । अन्य स्रोतबाट १४ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ३४८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी