आइपिओ नोटिस :
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : फागुन २६ गते
भर्ने अन्तिम मिति : फागुन २९ गते
कित्ता : २ लाख ५२ हजार कित्ता
प्रति कित्ता मूल्य : १००
विवरण :
स्पर्श लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारी र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
उक्त आइपिओ फागुन २६ गतेदेखि फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ लाख २१ हजार रुपैयाँ