×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले चैत १५ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

कृषि विकास बैंकले चैत १५ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

३ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कृषि विकास बैंकको वार्षिक साधारण सभा चैत १५ गते हुने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति ७३६ औं  बैठकले उक्त साधारण सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा गर्ने निर्णय गरेको छ ।
सभामा सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिने प्रस्ताव पेश हुनेछ । बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: