काठमाडौँ – काठमाडौँको गोंगबु स्थित एक सहकारीका अध्यक्षलाई सिआइवीको बिशेष टोलीले पक्राउ गरेको छ ।
गोंगबु स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष उद्धव अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले बुधबार पक्राउ गरेको हो । आफै अध्यक्ष रहेको सहकारीमा मुद्दती खातामा आकर्षक व्याज दिने भन्दै अधिकारीले बैकिङ्ग कारोबार सञ्चालन गरी सहकारी बन्द गरी फरार भएका थिए । अधिकारी लगायत अन्य संञ्चालकले सहकारीका सदस्य भन्दा बाहिरका मानिसहरुसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रबाह गरेका थिए। पछि निक्षेप भुक्तानी दिन नसकी सहकारी नै बन्द गरी उनीहरु फरार थिए ।
काठमाडौं साङ्गला बस्ने ५६ वर्षका उद्धव अधिकारीलाई काठमाडौं जिल्ला अदालतले २०७३ साल असोज ४ गते ठगी मुद्दाको फैसला सुनाएको थियो।अदालतको फैसलामा अधिकारीलाई १ वर्ष जेल सजायका साथमा छब्बीस लाख पचहत्तर हजार दुई सय पन्चानब्बे रुपैयाँ जरीवाना तोकेको थियो । दुई वर्षदेखी फरार अधिकारीलाई सीआईबीले बुधबार बेलुका दरवारमार्गबाट पक्राउ गरी बिहीबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। अधिकारीलाई अदालतको ओदशअनुसार बिहीबार नै कैद भुक्त्तानका लागि कारागार चलान गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्